Logo
Logo

कार्यकर्ताहरूलाई छाती फुलाएर जनतामाझ जान ओलीको निर्देशन  


63
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र सिद्धान्तमा कुनै खोट नभएको दाबी गर्दै कार्यकर्तालाई आत्मग्लानि वा रक्षात्मक बन्न नदिन निर्देशन दिएका छन् । 

The current image has no alternative text. The file name is: kp-oli.jpg

बागमती प्रदेश जागरण अभियानको उद्घाटन गर्दै ओलीले एमालेका काम ऐतिहासिक रहेको भन्दै छाती फुलाएर जनतामाझ जान आग्रह गरे । पछिल्लो समय पार्टीमाथि चौतर्फी हमला भएको स्वीकार गर्दै उनले एमालेलाई सतिसालसँग तुलना गरे । ‘जसले हिम्मत गर्छ, त्यसले मात्र बादशाहलाई घोडाबाट झार्न सक्छ,’ माओत्सेतुङको भनाइ उद्धृत गर्दै ओलीले भने, “नेकपा एमाले सतिसालभन्दा हजार गुणा बलियो छ । यो कठिनाइमा पनि उभिन्छ र धक्का खाएर पनि फेरि उठ्छ ।”

नदीले भित्ता र घुम्ती चिर्दै अघि बढेजस्तै पार्टी जीवनमा पनि चुनौती आउने बताउँदै उनले विगतका विभाजन, आरोपपत्र र प्रहारका घटनाहरू स्मरण गरे । सफल हुँदा आक्रमण बढ्ने तर षड्यन्त्रबाट जोगिएर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको छ ।

मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद सही बाटो रहेको उल्लेख गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै नेपाली विशेषताको समाजवाद भएको बताए । सामाजिक सञ्जालमा गलत भाष्य निर्माण भइरहेको भन्दै उनले कुप्रचारको डटेर प्रतिवाद गर्न र जनतामा जागरण ल्याउन कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्