Logo
Logo

६२ जनामाथिको अकूत छानबिन तामेलीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जनको सम्बन्धमा मुद्दा दायर गरेपछि निकै चर्चा हुन्छ । आयोगको प्रशंसा हुन्छ । तर, आयोगले मुद्दा दायरको तुलनामा ठूलो संख्यामा यससम्बन्धी छानबिन तामेलीमा राख्ने गरेको छ । जसको चर्चा हुँदै हुँदैन । किनकि त्यसलाई गोप्य राख्ने गरिन्छ ।

गत वर्ष पूर्व आईजीपीदेखि पूर्वमन्त्रीसम्म ६२ जनामाथिको अनुसन्धान तामेलीमा राखेको विवरण दृष्टिले फेला पारेको छ । तामेलीमा परेकाहरु धेरैजसो भ्रष्टाचारमा मुछिएका छन् ।
सशस्त्र प्रहरीका पूर्व एआईजी जीवनकुमार थापा, अर्थमन्त्रालयका उपसचिव तुलसी सेढाई, पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक रमेशबहादुर सिंह, खरिदार दीपक पोखरेल, पूर्वमन्त्री छविराज पन्त, अफताब आलम, गुप्तचरका पूर्व एसपी भविन्द्र मल्ल, आयुर्वेद विभागकी पूर्व महानिर्देशक देवकला भण्डारीमाथिको छानबिन तामेलीमा राखिएको स्रोतले बताएको छ ।
त्यस्तै बैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक केदारबहादुर बोगटी, राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी, त्रिभुवन विश्वबिद्यालयका पूर्व उपकुलपति डा हिराबहादुर महर्जन, पूर्व एआईजी विजयलाल कायस्थ, शिक्षण अस्पतालका पूर्व डिन शरदराज वन्त, उपसचिव तिर्थराज खनाल, सहसचिव सूर्य गौतम, तत्कालीन सहसचिव बज्रकिशोर यादबमाथिको छानबिन रोकिएको छ ।
नेपाल बिद्युत् प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद रिमाल, गुठी संस्थानका तत्कालीन प्रशासक बलिराम साह तेली, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का पूर्व सदस्य सचिव जयबहादुर टन्डन, डिएफओ प्रेम खनाल, कर अधिकृत राजन बीसी, डीएसपी हिराबहादुर गिरी र शाखा अधिकृत विश्वबन्धु रेग्मीको पनि छानबिन तामेलीमा राखिएको स्रोत बताउँछ ।
काठमाडौं महानगरपालिकाका बरिष्ठ इन्जिनियर रामबहादुर थापा, सिंहदरबार सचिवालय पुर्ननिर्माण समितिका प्रशासकीय अधिकृत रामबहादुर बेलबासे, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, गृहका सहसचिव उद्धव तिमल्सिना, महानगरपालिकाका बरिष्ठ कानून अधिकृत बसन्त आचार्य, पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल, मेची भन्सारका प्रमुख टेकबहादुर अर्याल, नापी अधिकृत शैलेन्द्र्र सिंह, कर्जा सुरक्षण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, पूर्व सचिव शम्भु कोइराला, मेडिकल काउन्सिलका अध्यक्ष डा अन्जनीकुमार झा, एसपी आभूषण तिमिल्सनामाथिको छानिबन पनि स्थगितको निर्णय भएको छ ।
आयोग स्रोतका अनुसार पुरातत्व विभागका इन्जिनियर सुन्दर खनाल, विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रमेश श्रेष्ठ, भुमिसुधार अधिकृत बिन्दु गुरागाई, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. धुव्रकुमार उप्रेती, राष्ट्र बैंकका कार्यकारी निर्देशक विष्णु नेपाल, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछाने, माथिल्लो तामाकोशी जलबिद्युत् आयोजनाका प्रमुख बिज्ञान श्रेष्ठ सहसचिव शशिशेखर श्रेष्ठ लगायतको मुद्दा तामेलीमा राखेको हो ।
कतिपयको अकूत सम्पति नदेखिएपछि त कतिपयको हकमा राजनीतिक सोर्सफोर्सका आधारमा तामेलीमा राख्ने निर्णय भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्