काठमाडौं । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर रुपमा रहने भएको छ ।

सम्झौतासँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्स काठमाडौं गोर्खाजको मुख्य प्रायोजकका रूपमा रहनेछ भने टोलीको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ ।
यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो र ग्लामरस फ्रेन्चाइज लिग एनपीएलमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्ने कम्पनीको विश्वास रहेको छ ।
काठमाडौं गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीचको यो सहकार्य लगातार दोस्रो वर्षको साझेदारी हो । गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा आबद्ध भएको थियो भने यस वर्ष टाइटल स्पोन्सरको रूपमा आफ्नो सहभागितालाई अझ सशक्त बनाएको छ ।
यसैगरी काठमाडौं गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक–निर्देशक श्रवण बहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको साझेदारीले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताए ।
संम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले नेपाल प्रिमियर लिग नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता रहेकोले प्रतियोगितामा काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा हामी अत्यन्त उत्साहित रहेको र एनपीएलसँगको सहकार्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड छविलाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरिन् ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय रूपमा लगानी गर्दै आएको छ । कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजकका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहकार्य गर्दै आएको छ । खेलकुदमार्फत युवामा ऊर्जा, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको प्रेरणा दिने उद्देश्यसहित कम्पनीले आफ्नो सामाजिक तथा व्यावसायिक जिम्मेवारीलाई निरन्तर अघि बढाइरहेको छ । काठमाडौं गोर्खाजसंगको यो साझेदारीले एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई नेपाली खेलप्रेमीमाझ अझ सशक्त रूपमा जोड्ने मात्र नभई नेपाली क्रिकेटको विकास र व्यावसायिककरणमा समेत सकारात्मक योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाली युवाको ऊर्जा, उत्साह र जोशको प्रतीक ब्रान्डका रूपमा खेलकुदसँगको सहकार्यलाई अझ विस्तार गर्दै जाने प्रतिबद्धतासहित आगामी दिनमा पनि विभिन्न खेलकुद गतिविधिमा आफ्नो सक्रिय सहभागिता निरन्तर रहने जनाएको छ ।














