
काठमाडौं । विराटनगरको भाटभटेनी सुपर मार्केट असार २७ गते शनिवारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
आज (सोमबार) पूजापाठ गरेर भाटभटेनीले गृह–प्रवेश गरेको छ । असार २७ गते शनिवार भव्य उद्घाटन समारोहको कार्यक्रम रहेको छ ।
उद्घाटन समारोह लगत्तै सर्वसाधारणका लागि भाटभटेनी खुल्ला गरिने छ । २०८२ भाद्र २४ गते जेन्जी आन्दोलनको क्रममा विराटनगरको भाटभटेनीमा तोडफोड र आगजनी भएको थियो ।
भाटभटेनी सुपर मार्केटका मुख्य सञ्चालक मीन बहादुर गुरुङले क्षतिग्रस्त संरचनाको मर्मत सम्भार र पुनर्निर्माणका लागि ११ महिना समय लागेको बताए । भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याउँदा आफू उत्साहित बनेको गुरुङले बताए ।














