Logo
Logo

यूएईले दियो १ सय ११ नेपाली कैदीलाई माफी


63
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को विभिन्न जेलमा रहेका १ सय ११ जना नेपाली नागरिकले आममाफी पाएका छन् । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यूएईले ईद अल–अधा २०२६ को अवसरमा आफ्नो देशका विभिन्न जेलमा रहेका १ सय ११ नेपालीलाई माफी दिएको जानकारी दिएको हो ।

मन्त्रालयले यूएई सरकारले प्रदान गरेको उक्त आममाफीप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार तथा प्रशंसा गरेको छ । मन्त्रालयले यसलाई नेपाल–यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मित्रता र सौहार्द अझ प्रगाढ हुँदै गएको संकेतका रूपमा व्याख्या गरेको छ ।

मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार गरेको अनुरोधका आधारमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।

आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्नेछन् ।

परराष्ट्र मन्त्रालयले यूएई सरकारको यस मानवीय निर्णयले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्