Logo
Logo

सेवाग्राही कुट्ने यातायातका कर्मचारीको जिम्मेवारी खोसियो


252
Shares

काठमाडौं । यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख अनित आचार्यको जिम्मेवारी खोसिएको छ । कार्यालयमै सेवाग्राहीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनलाई जिम्मेबारीबाट हटाएर मन्त्रालय तानेको हो ।

सोमबार नै उनलाई मन्त्री स्तरीय निर्णयबाट मन्त्रालय तानिएको मन्त्रालयका सूचना अधिकारी सुनिल साहले जानकारी दिए । उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ ।

उनलाई नियन्त्रणमा नलिएपनि कार्यालयमा बोलाएर घटनाबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटना गत फागुन महिनाको तेस्रो सातातिरकाे हो । उनले आफ्नो कार्यकक्षमा सेवाग्राहीमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्