
काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ ।
प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए ।
उक्त प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वाग्लेले जेठ १५ गते संघीय संसदको दुबै सदनमा प्रस्तुत गरेका थिए ।














