Logo
Logo

भुटानी शरणार्थी प्रकरण : दुई पूर्वमन्त्री दोषी ठहर


126
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका ३० जना अभियुक्तमध्ये ७ जनालाई सफाइ र बाँकी सबैलाई दोषी ठहर गरेको छ ।

The current image has no alternative text. The file name is: bhutani.jpg

प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

तीन कसुरमध्ये अदालतले सङ्गठित ठगीमा टोपबहादुर रायमाझी कसुरदार ठहर गरेको छ । यस्तै, खाँणलाई ठगी तथा सङ्गठित अपराधको मतियार भएको ठहर गरेको हो ।

यस्तै अर्को अभियोग राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा पनि पूर्वमन्त्री रायमाझी कसुरदार ठहर भएका छन् । यसमा पनि खाँण मतियारका रूपमा दोषी ठहर फैसलाले गरेको छ ।

सरकारी लिखत किर्तेमा पनि रायमाझी दोषी ठहर भएका छन् । खाँणले भने यो कसुरमा सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्