Logo
Logo

प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गर्न सभामुखसँग एमालेको माग


63
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन रुलिङ गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेनलाई रुलिङ गरेर बोलाउन सभामुखसँग माग गरेका हुन्।

उनले भने, ‘उहाँलाई डाक्नुप¥यो । यो सदन जनताले पठाएका प्रतिनिधिहरू हो। जनताबाट चुनेर आएका प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री अनिवार्य आएर जवाफ दिनुपर्छ । उहाँलाई डाक्नुपर्छ ।’

प्रधानमन्त्री बालेनलाई रोस्ट्रममा उभ्याएर हिजोको गल्ती सच्चाउन उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्