Logo
Logo

महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिँदै  


63
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: parliyament-3.jpg

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले  ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैतिसौं पैतिसौं वार्षिक प्रतिवेदन २०८१/२०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ भने आजकै बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्