Logo
Logo

हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपीलाई स्पष्टीकरणका लागि बोलाइयो


252
Shares

काठमाडौं । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

The current image has no alternative text. The file name is: dsp-chaudari.jpg

जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका-५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले व्यक्त गरेको भनाइबारे जानकारी लिन र आवश्यक सोधपुछ गर्न उनलाई जिल्ला बोलाइएको हो ।

कैलालीका प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार चौधरीलाई उक्त भिडियोमा दिएको अभिव्यक्तिबारे पनि सोधपुछ गरिने छ । 

कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए ।

‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो, अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ, केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो, यो बद्रीले राष्ट्रपतिले लगाउन पाउनु हुन्न भन्ने,’ भन्ने अभिव्यक्ति दिएका थिए ।

भिडियोमा उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा उपस्थित विद्यार्थीहरूले ताली बजाएको देखिन्छ । त्यसक्रममा उनले आफू प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी सङ्गठन राजनीतिक आधारमा नभई कानुनी प्रक्रियाअनुसार सञ्चालन हुने धारणा पनि राखेका थिए ।

डीएसपी चौधरीले कार्यक्रममा बोलिएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको आवाज पनि भिडियोमा सुनिन्छ । उक्त भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक भयो । 

प्रतिक्रिया दिनुहोस्