Logo
Logo

सुकुम्वासीको विषयमा एकदमै गम्भीर छु : रवि लामिछाने


63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: rabi-lamichhane.jpg

बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सुकुम्वासीबारे सोधेको प्रश्नमा सभापति लामिछानेले गम्भीर रहेको बताएका हुन् । सिंहदरबारस्थित संसद् भवनबाहिर सञ्चारकर्मीले ‘सुकुम्वासीको त रुवाबासी नै भयो, उनीहरूलाई खानबस्न पनि समस्या भयो’ भनेर प्रश्न गरेका थिए । 

त्यसमा सभापति लामिछानेले संक्षिप्त जवाफ दिए । ‘यो विषयमा म एकदमै गम्भीर छु । धेरै नै गम्भीर छु,’ उनले भने, ‘मैले बुझेको छु ।’

काठमाडौंका विभिन्न क्षेत्रबाट हटाएर सरकारले सुकुम्वासीलाई होल्डिङ सेन्टरमा राखेको थियो । अहिले होल्डिङ सेन्टरबाट पनि हटाउन खोजेको छ । जसले गर्दा सुकुम्वासी विचल्लीमा परेका छन् । 
 

प्रतिक्रिया दिनुहोस्