Logo
Logo

सम्पत्ति छानबिन आयोगमा उजुरीको ओइरो


252
Shares

काठमाडौं । सरकारले गठन गरेको राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी परेको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी परेको जानकारी गराएका हुन् ।

उनले भने, ‘राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन गरी कारवाहीका लागि सिफारिस गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिम सम्पत्ति छानबिन आयोग गठन गरिएको छ । हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरी सङ्कलन गरिएको छ ।’

आएको उजुरीको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको र काम अगाडि बढिरहेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्