
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी एक जना युवाले आत्मदाहको प्रयास गरेको विषय संसद्मा उठेको छ ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका थिए ।
यो विषय प्रतिनिधिसभामा उठाउँदै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले सरकारलाई प्रश्न गर्दै भने, ‘कति जना नागरिकले आफ्नो शरिरमा आगो लगाएपछि घर–घरमा राहदानी पुग्ने हो ?’
यो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको स्वास्थ्य लाभको पनि कामना गरे । आफ्नै मोटररसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














