काठमाडौं । केही दिनयता उद्योगी-व्यवसायीसँग भेटवार्तालाई तीव्रता दिएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (शुक्रवार) ऊर्जा उद्यमीहरूसँग छलफल गर्ने भएका छन् । ऊर्जा उद्यमीहरूलाई छलफलका लागि प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाएका छन् ।

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले व्यवसायीहरूलाई छलफलमा बोलाएका हुन् ।














