Logo
Logo

एमालेले भन्यो-गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ


63
Shares

काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । शुक्रवार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन् ।

The current image has no alternative text. The file name is: bhumika-limbu.jpg

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् ।

राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह गरिन् । यो घटनाको छानबिन गर्न पनि उनले माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्