Logo
Logo

एक वर्षसम्म अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा


63
Shares

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

The current image has no alternative text. The file name is: mahabir-pun.jpg

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले ट्राफिक जरिबानाको विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा परेपछि अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका हुन् ।

साथै उनले अटेर गर्ने, अपराध गर्नेहरूलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भन, ‘आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन । केही दिन अगाडी ट्राफिक जरिवाना सम्बन्धी कुरामा मलाई केही थाहा छैन भन्दा भन्दै पनि उनीहरूले कोट्याई कोट्याई सोधेको थिए । मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरूले नै निकालेको हो । अटेर गर्ने, अपराध गर्नेहरूलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ रु आफैले नै कल्पना गनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्