काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ । राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार आज बिहान भान्सामा गएर राउतले आफ्नो शरीरमा आगो लगाएका थिए । घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको प्रहरीले जनाएको छ ।














