काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेता डा.प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।

कांग्रेसको विवाद उत्कर्षमा पुगेका बेला उनीहरूबीच विराटनगरस्थित कोइराला निवासमा शनिवार भेटवार्ता भएको हो ।
नेता महतले कोइराला निवासमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।
‘कोइरला निवास विराटनगरमा,’ उनले तस्बिरसँगै लेखेका छन् । भेटका क्रममा भएको कुराकानीका बारेमा भने केही उल्लेख गरिएको छैन ।














