Logo
Logo

सरकारले जनतामा विश्वास र आशा जगाउन सकेन : कुलमान घिसिङ


63
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको आरोप लगाएका छन् । 

The current image has no alternative text. The file name is: kulman-ghising-1.jpg

शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले जेनजी आन्दोलनपछि बनेको करिब दुई तिहाइको सरकारबाट जनताले ठूलो सामाजिक र आर्थिक परिवर्तनको आशा गरे पनि जनतामा विश्वास र आशा जगाउन सरकार असफल भएको बता ए ।

उनले आम जनता, विशेष गरी गरिब र निमुखा वर्गमा निराशा को वातावरण बढ्दै गएको उल्लेख गरे । गणेश नेपालीको आत्मदाह लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको उनको भनाइ छ । साथै, उनले अहिले व्यक्तिगत र सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारीको अभाव देखिएको टिप्पणी गरे ।

उज्यालो नेपाल पार्टीले धनी र गरिबबीचको खाडल कम गर्न विशेष विकास मोडल अघि सारेको उनले बताए ।   उक्त मोडलको मुख्य आधार ‘हरित क्रान्ति’ भएको भन्दै उनले जलविद्युत्, कृषि र पर्यटन जस्ता स्रोतहरूको सदुपयोग गर्दै आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्