Logo
Logo

बालेन सरकारविरुद्ध सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको विरोध प्रदर्शन


63
Shares

काठमाडौं । रास्वपा नेता बालेन्द्र (बालेन) सरकारविरुद्ध काठमाडौंको माइतीघरमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले  विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सरकारले ७८ दिनसम्म सुकुम्वासी व्यवस्थापन गर्न नसकेको, गैरन्यायिक पक्राउ गरेको भन्दै  विरोध प्रदर्शन गरेका हुन् । 

The current image has no alternative text. The file name is: balen-sarkar-1.jpg

प्रदर्शनकारीले ‘दमन होइन न्याय दे’, अभियान्तामाथिको दम बन्द गर, होइन भने होस् गर’ जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । 

सरकारले ७८ दिनअघि काठमाडौंको थापाथलीलगायतका स्थानबाट सुकुम्वासीहरूलाई होल्डिङ सेन्टरमा राखेपनि स्थायी बन्दोबस्त गरेको छैन । जसका कारण पीडितहरू थप पीडा भोग्न बाध्य भएका छन् । होल्डिङ सेन्टरनै डुबानमा परेपछि सुकुम्वासीहरू बिचल्लीमा परेका छन् । उनीहरूको उचित व्यवस्थापनको माग गर्न अहिले सरकारलाई नागरिक समाज लगायत विभिन्न राजनीतिक दलहरूले दबाब दिईरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्