Logo
Logo

इकोमा सडक भासिंदा तातोपानी नाका पुनः ठप्प


63
Shares

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुनः ठप्प भएको छ । सोमबार भोटेकोसी गाउँपालिका-२ कोदारीको इकोमा सडक भासिएपछि नेपाल९चीन जोड्ने तातोपानी नाका पुनः ठप्प भएको हो ।

The current image has no alternative text. The file name is: tatopani-naka.jpg

आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो । अहिलेपनि पानी परिरहेकोले सडकमा माथिबाट लेदो बगेकोले काम गर्न समस्या भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हाल्न पनि वर्षाले समस्या भएको छ । सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका र नेपालबाट चिन तर्फ जाने मालवाहक कन्टेनर रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्