Logo
Logo

जेनजी अभियन्ता माजिद अन्सारीको गृहमन्त्रीलाई प्रश्न- मलाई किन पक्राउ गरियो ?


63
Shares

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापक्राउ पुर्जी पक्राउ गरिएको भन्दै गृहमन्त्री सुदन गुरुङसँग प्रश्न सोधेका छन् ।

The current image has no alternative text. The file name is: majit.jpg

अन्सारीले गत असार २७ गते शनिबार साँझ करिब ५ बजे १०९१२ जना प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको र गम्भीर घाइते बनाएको दाबी गरेका छन् । हाल आफ्नो उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको उनले बताएका छन् ।

उनले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको र पक्राउका क्रममा कुनै पुर्जीसमेत नदेखाइएको बताएका छन्। पक्राउको कानुनी आधारबारे समेत स्पष्ट जानकारी नदिइएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘मेरो पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता छैन। गृहमन्त्री वा प्रहरी प्रमुखले यी सबै गैरकानुनी कारबाहीहरू किन लक्षित रूपमा मविरुद्ध गरिए भन्ने स्पष्ट पार्न सक्नुहुन्छ ?’

उनले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षाका लागि सम्बन्धित सरकारी निकाय, सङ्घीय संसद्का सदस्यहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय र मानव अधिकार रक्षकहरूलाई पहल गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्