काठमाडौं । ‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् ।

बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए ।
उनीहरूलाई भेटेर गृहमन्त्री गुरुङ मिटरब्याज पीडितको माग तथा समस्या समाधानका विषयमा संवाद गरिरहेका छन् । राति बास बसेको उद्योग वाणिज्य सङ्घ निजगढको सभा हलमा संवाद भइरहेको हो ।














