Logo
Logo

राज्य सङ्कटमा छ, सबै दल एकजुट बनौँ : अमरेश कुमार सिंह


63
Shares

काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य सङ्कटमा रहेकाले सबै दल एकजुट हुन आग्रह गरेका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे । सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ ।

The current image has no alternative text. The file name is: amresh-singh.jpg

उनले भने, ‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ । हामी सबै मिल्यौँ भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ ।’ साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे ।

‘आज हाम्रो राज्य सङ्कटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्बाट नगरौँ,’ सिंहले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी यसलाई घोचपेचको विषय नबनाऔँ । राज्य र जनता रह्यो भने फेरि राजनीति गरौँला । जनता र लोकतन्त्र समाप्त रह्यो भने हामी कोही नरहौँला । आज देशमाथि संकट छ । आज नागरिकमा निराशा छ, निराशा नबाडौं ।’

प्रतिक्रिया दिनुहोस्