Logo
Logo

प्रधानमन्त्री निश्कल राईले भने-‘श्री ८ वालेन्द्र शाह’


63
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह निरङ्कुश शैलीमा अघि बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद् राईले प्रधानमन्त्री शाहलाई श्री ८ भनेर सम्बोधन गर्दै निरङ्कुश शैलीमा अघि बढेको आरोप लगाएका हुन् ।

The current image has no alternative text. The file name is: niskal-rai.jpg

उनले गणेश नेपालीको मृत्यु भएको घटनामा मिडिया र विपक्षी दलले प्रश्न गरेपछि गाडी तेर्साएर सरकारले अलोकतान्त्रिक र राज्य आतङ्कको सिर्जना गरेको आरोप लगाए ।

सांसद राईले गत भदौमा सडकमा आएर सोही आन्दोलनको बलमा बनेको अहिलेको सरकारले त्यही जेनजीहरुले सरकारको लाठ्ठी खाइरहेको बताउँदै जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो आज त्यही युवालाई प्रश्न गर्नबाट वञ्चित गरिएको बताए । 

साथै सांसद राईले सरकारको सत्ता उन्माद चलिरहँदा विवकेशिल अभियान, जेनजी मुभमेन्ट, अभिव्यक्ति र नागरिक स्वतन्त्रताका लागि लडेर आएका सत्ता पक्षमा सांसदहरूको मुखमा टेप लागेको समेत उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्