Logo
Logo

आजदेखि सिलिन्डरभरि ग्यास किन्न पाइने


126
Shares

काठमाडौं । नेपाल आयल निगमले आजदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ ।

The current image has no alternative text. The file name is: gas-cylinder_qZBry97xSw.jpg

इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको हो । 

निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ तोकेको छ । निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्