Logo
Logo

कुमारी बैंक र निम्बजबीच सम्झौता: मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा


189
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (निम्बज) बीच ग्राहकहरूलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न भएको छ । 

The current image has no alternative text. The file name is: kumari-bank.jpg

उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (ईसीम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ । यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ एप मार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा ईसीम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन् । विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्र्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ ।

आजको डिजिटल युगमा अन्तर्राष्ट्रिय यात्रा गर्दा भरपर्दो इन्टरनेट पहुँच र आवश्यक यात्रा कागजातहरूको व्यवस्था अत्यन्त महत्वपूर्ण मानिन्छ । ईसीम सेवाले ग्राहकहरूलाई विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा विभिन्न नेटवर्क सेवाको खोजीमा समय खर्च गर्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्षम बनाउनेछ । त्यसैगरी, क्ष्म्ए सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो तथा व्यवस्थित बनाउँदै ग्राहकहरूलाई आवश्यक सेवा डिजिटल माध्यमबाट प्राप्त गर्न सहयोग पुर्याउनेछ ।

यस सेवाको अर्को महत्वपूर्ण विशेषता भनेको ग्राहकहरूले ईसीम तथा आईडीपी सेवाको शुल्क कुमारी बैंक मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमा नै भुक्तानी गर्न सक्ने सुविधा हो । यसले अन्तर्राष्ट्रिय सेवा उपयोगका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ। यसबाट ग्राहकहरूको समय, लागत तथा श्रमको बचत हुनुका साथै अन्तर्राष्ट्रिय स्तरका सेवाहरू स्वदेशमै बसेर प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम, ४० शाखारहित बैंकिङ मार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । कुमारी बैंकले प्रविधिमा आधारित आधुनिक सेवामार्फत ग्राहकहरूको बदलिँदो आवश्यकता सम्बोधन गर्दै डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको छ । 

बैंकले यस सहकार्यले ग्रामीण, अर्ध–शहरी तथा शहरी क्षेत्रका ग्राहकहरूलाई समान रूपमा अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवाहरूमा पहुँच पुर्याउन सहयोग गर्ने तथा डिजिटल समावेशीकरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । साथै, विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यवसायिक प्रयोजनका लागि आवश्यक सेवाहरूलाई एकीकृत डिजिटल माध्यमबाट उपलब्ध गराउँदै ग्राहकको समग्र अनुभवलाई थप उत्कृष्ट बनाउने अपेक्षा बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्