काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले एसीसीए जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपाल तथा विश्वस्तरमा उल्लेखनीय सफलता प्राप्त गरेका छन् ।

एसीसीए प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर तथा लाइसेन्सप्राप्त कम्प्युटर–आधारित परीक्षा केन्द्रका रूपमा रहेको कलेजका अनुसार यसपटक सहारा मगिया (पीएम) नेपाल प्रथम र विश्व आठौं, नेहा खतिवडा (एसबीएल) नेपाल प्रथम र विश्व १८औं तथा आशुतोष शर्मा (एसबीआर) नेपाल प्रथम र विश्व ११औं भएका छन् ।
त्यसैगरी आशास्वी कुमारी श्रेष्ठ (एटीएक्स) नेपाल दोस्रो र विश्व १७औं, शेलिश्मा सिवाकोटी (पीएम) नेपाल तेस्रो र विश्व १३औं तथा राकेश साह (एसबीआर) नेपाल दोस्रो र विश्व १३औं स्थान हासिल गर्न सफल भएका छन् ।
कलेजका हेड अफ प्रोफेसनल एजुकेसन दीपेन्द्र के. श्रेष्ठले विद्यार्थीहरूको सफलता उनीहरूको मेहनत, समर्पण र अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शनको परिणाम भएको बताए । उनले राष्ट्रियसँगै विश्वस्तरमा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरूले कलेजको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्याएको उल्लेख गर्दै सफल विद्यार्थीलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
यसैबीच, ब्रिटिश प्रोफेशनल कलेजले सेप्टेम्बर २०२६ एसीसीए इन्टेकका लागि भर्ना खुला भएको जनाएको छ । एसीसीए अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ललितपुरको चाकुपाटस्थित कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन र समयमै भर्ना सुनिश्चित गर्न आग्रह गरिएको छ ।














