Logo
Logo

प्रधानमन्त्री बालेनको ड्रेसलाई लिएर एमालेले फेरि उठायो प्रश्न


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लगााउने पोषाक (ड्रेस)लाई लिएर नेकपा एमालेले फेरि प्रश्न उठाएको छ । सोमबार प्रतिनिधिसभामा बोल्दै एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्रीको ड्रेसलाइ लिएर प्रश्न उठाएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री संसद्मा राष्ट्रिय पोशाकमा दखिनुभएको छैन । सँधै कालो पाइन्ट, कालो कोट, कालो ज्याकेट, कालो चस्मामा आउनुभएको छ । यसले संसद्को गरिमालाई घटाएको छ ।’

यसअघि २८ वैशाख २०८३ मा प्रधानमन्त्री बालेन शाहको पोशाकलाई लिएर एमालेका सांसद गुरुप्रसाद बरालले प्रश्न उठाएका थिए ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री बालेन राष्ट्रिय पोशाकमा उपस्थित नभएको भनेर उनले त्यसदिन प्रश्न उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्