Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई करियर स्टेसनमा विशेष छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले नयाँ बानेश्वको करियर स्टेसनमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यससँगै बैंकका ग्राहकले आयल्स कुम्याट टोफेल स्याट पीटीई सीम्याट जीम्याट जीआरईका तयारी कक्षामा विशेष छुट पाउने भएका छन् । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक ग्राहक तथा ग्राहकको परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव साढे ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्