Logo
Logo

बाजुरामा फैलियो कोरोना, जोखिम बढ्यो


- दृष्टि न्युज/संवाददाता


बाजुरा, ३ पुस । जिल्ला सदरमुकाम मार्तडीमा कोरोना फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भदौपछि एकैपटक मंसिर ३० गते जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा बडिमालिका नगरपालिकाले स्वाब संकलन गरी धनगढी प्रयोगशालामा परीक्षणको लागि पठाएको थियो ।

सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी र स्थानीय गरी २४८ जनाको स्वाब संकलन गरेर पठाएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले बताए ।

स्वाब संकलन गरी पठाएकामध्ये करिब १०० जनाको रिर्पोट आएको र जसमा १४ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक टेकबहादुर खड्काले बताए । पोजेटिभ आएकाहरुमा बडिमालिका नगरपालिकाका कर्मचारी २, गैरसरकारी कार्यालयका ३, विद्यार्थी ४, सुरक्षाकर्मी ३, बिमाकर्ता १ र पत्रकार एक जना रहेको खड्काले बताएका छन ।
करिब १०० जनाको रिर्पोट आउँदा १४ जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी रिर्पोट आउन बाँकी रहेको छ । सदरमुकाम मार्तडीमा रहेको मालिका नमूना माध्यामिक बिद्यालयमा २ हजार बढी बिद्यार्थी छन् । मंसिर १ गतेबाट पढाई शुरु भएको थियो बिद्यालय सञ्चालन भएको एक महिनामा नमूना परिक्षण गर्दा ४ जना विद्यार्थीहरुमा पोजेटिभ देखिएको छ । यो आकलन हेर्दा पनि समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यस्तै सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरुमा पनि देखीएको छ । सबै जनतासंग प्रत्यक्ष भेटघाट तथा सरोकार राख्ने निकाए भएकोले कोरोना फैलिएको हुनसक्ने बताईएको छ । यो पटक सबैको रिर्पोट आओस कति जनाको पोजेटिभ आउछ । त्यसपछि परिक्षणको दायरा देखी अन्य के गर्न सकीन्छ निणर्य गर्नु पने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले बताए ।

कोरोना पोजेटिभ देखीएका सबैको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । रिर्पोट आएपछि को कता छन् सबैलाई खबर गरिरहेको बताईएको छ । यसरी कोरोना फैलिदो अवस्थामा रहेकोकाले जिल्ला स्वास्थ्य कार्यालय बाजुराले सबैले आआफ्नो ठाउमा सुरक्षित बस्नहुन अनुरोध समेत गरेको छ ।
– नन्दा थापा

प्रतिक्रिया दिनुहोस्