Logo
Logo

टेष्ट क्रिकेटमा भारतको इतिहासकै खराब रेकर्ड, ३६ रनमा अलआउट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ पुस ।
टेष्ट क्रिकेटमा भारतले इतिहासकै खराब रेकर्ड बनाएको छ । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट खेलको दोस्रो इनिङमा भारत ३६ रनमा अलआउट भएको छ ।


यसअघि टेष्ट इनिङमा भारतको कम स्कोर ४२ थियो । जून इंल्याण्डविरुद्ध थियो ।
अष्ट्रेलियन फाष्ट बलरहरु जोस हेलजवुड र पाट कमिन्स्को आक्रामक बलका अगाडि भारतीय ब्याट्सम्याद धरासयी भएको हो । हेजरवुडले पाँच र कमिन्स्ले चार विकेट लिएका छन् । भारतीय खेलाडी मोहम्मद सामी घाइते भएका थिए ।
पहिलो खेलमा भारतले अष्ट्रेलियलाई ९० रनको लक्ष्य दिएको छ । पहिलो इनिङमा भारतले दुई सय ४४ रन बनाएको थियो भने अष्ट्रृलिया एक सय ९१ रनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्