Logo
Logo

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर


0
Shares

काठमाडौैं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्नका लागि सत्ता पक्ष र प्रतिपक्षी सांसदहरु ११ जनाले प्रश्न र आफ्नो नाम टिपाएका छन् ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्