Logo
Logo

मधेश झर्ने तयारीमा रवि लामिछाने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मधेश दौडाहामा जाँदैछन् । केन्द्रीय महाधिवेशन सम्पन्न भइसक्दा पनि मधेश प्रदेशका ७ जिल्ला र केही पालिका स्तरमा रोकिएको अधिवेशन सुचारु गर्न तथा विवाद सल्ट्याउन उनले चाँडै मधेश झर्ने तयारी गरेका हुन् ।

चुनावअघि अन्य दल छाडेर रास्वपा प्रवेश गरेका नयाँ र पुराना कार्यकर्ताहरूबीच नेतृत्व हात पार्न तीव्र खिचातानी हुँदा बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा अधिवेशन हुन सकेको थिएन ।

हाल मधेशका विवादित क्षेत्रहरूको निष्पक्ष अध्ययन गर्न सहमहामन्त्री हरि ढकाललाई जिम्मा दिइएको छ भने अर्का सहमहामन्त्री पुरुषोत्तम यादवले सभापतिको भ्रमण र अधिवेशनको तालिका बनाइरहेका छन् । सम्भवत: लामिछाने यहि भदौ तेस्रो साता मधेश पुग्ने सहमहामन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्