Logo
Logo

रसुवामा बाढीले प्रहरीका ३ कार्यालय बगायो


0
Shares

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको बताइएको छ ।

यी कार्यालय र त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्