
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरी काठमाडौं फर्केका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल र उनको टिम भने त्यहाँस्थित सेनाको ब्यारेकमा पुगेको छ ।
नुवाकोट पुगेर बालेनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय र घाइतेहरुलाई भेटेका छन् । उनी काठमाडौं फर्के पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् ।
नेपाली सेनाले उद्धार र खोजबिनमा भइरहेको प्रगतिबारे मन्त्री लम्साललाई अवगत गराएको छ । शीघ्र प्रतिकार्य र उद्धारका लागि थप कोसिस गर्न मन्त्री लम्सालले निर्देशन दिएका छन् ।















