
काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा गोरखामा मृत अवस्थामा भेटिएका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत शर्माको शव गोरखामा भेटिएको हो ।
त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन् । पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन् । गोरखातर्फ पर्ने त्रिशुली नदीको तटीय क्षेत्रमा अहिलेसम्म ६५ जनाको शव भेटिएको छ ।














