काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ । भरखरै नेपाली सेनाले उनको तस्बिर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ । उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औँ दिनपछि उनको उद्धार भएको हो । २१६ मेगावाटको अपर त्रिशूली-१ चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन्।














