Logo
Logo

चिलिमे सुरुङमा फसेका ६ जनाको उद्धार प्रयास जारी


945
Shares

काठमाडौं । भदौ १० को बाढीले क्षतिग्रस्त बनाएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको छ । प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमेको सुरुङ भित्र ६ जना फसिरहेका हुन् । 

त्रिशूली ३ ‘ए’ मा फसिरहेका दुई जनालाई उद्धार गर्न सफल भएपछि फर्किएका न्यौपाने चिलिमे जाँदै छन् । ‘ उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छु, न्यौपानेले फेसबुकमा लेखेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीपछि चिलिमेबाट ६ जना नै सम्पर्कविहीन छन् । साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको इप्पानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्