
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ ।
घरमाथिबाट खसेको पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घरमा क्षति पुगेको हो । पहिरोले केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने मोती उखेडाका दुईवटा गोरु मरेका छन् ।
पहिरोले घर तथा गोठमा क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिए ।
पहिरो घरभित्रै पसेपछि भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका सामग्रीमा समेत क्षति पुगेको छ । घरमा पहिरो पसेपछि प्रभावित परिवारहरू थप जोखिममा परेका छन् ।















