Logo
Logo

गगन थापा र पूर्णबहादुर खड्काबीच वान-टु-वान भेटवार्ता 


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिवार साँझ वान-टु-वान भेटवार्ता भएको छ । भेटका क्रममा सभापति थापाले खड्काले राखेका मागहरू पूरा गर्न सहमति जनाएका छन्, जसले सहमतिको सम्भावना बढाएको छ ।

The current image has no alternative text. The file name is: gagan-purna-.jpg

खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण र नयाँ क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई भाग लिनबाट वञ्चित गर्न नहुने तथा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई समेत समेट्नुपर्ने माग राख्दै आएका छन् ।

आइतबार बिहान ११ बजे सभापति थापा र नेता डा. शेखर कोइरालाबीच पनि भेट हुँदै छ । कोइरालाले क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने, १४औँ महाधिवेशनको आधारमा महाधिवेशन गर्ने, दुवै केन्द्रीय समिति समायोजन गर्ने, कार्यसम्पादनमा सभापतिको बहुमत सुनिश्चित गर्ने र विभिन्न समिति आपसी सहमतिबाट गठन गर्ने प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्