Logo
Logo

 गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ७ जना क्यासिनोबाट पक्राउ


0
Shares

काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

The current image has no alternative text. The file name is: arrested.jpg

वीरगञ्ज १४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा उनीहरु प्रवेश गरी जुवा खेलेको आरोप छ ।

पक्राउ पर्नेहरुमा इन्स्पेक्टर पौडेलसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका-६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका-११ का ३९ वर्षीय ओम प्रकाश बैठा छन् ।

त्यसैगरी नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने क्यासिनोका कर्मचारीहरु वीरुगञ्ज-१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज-२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका-५ का ४९ वर्षीय जयदेव साह, वीरुगञ्ज-१२ का ५० वर्षीय प्रदेशी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्