
काठमाडौं । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको प्रकरणले संसदमा गरेको छ ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले यो प्रकरणबारे संसदमा प्रश्न उठाएकी हुन् । यसअघि आइतबार एक युट्युब च्यानलबाट उद्धार भई आइसीयूमा उपचाररत दुई व्यक्तिसँगको अन्तर्वार्ता सार्वजनिक भएको थियो ।
सांसद बास्कोटाले अस्पतालको आईसियूमा उपचाररत बिरामीको संवेदनशीलता र गोपनीयतामाथि प्रश्न उठ्ने गरी अन्तर्वार्ता सार्वजनिक गरिएको भन्दै आपत्ति जनाइन् । उनले आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताइन् ।
उनले आईसीयूमा उपचाररत बिरामीलाई निश्चित समयका लागि मात्र परिवारका सदस्यलाई भेट्न दिइने उल्लेख गर्दै दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले स्वास्थ्य क्षेत्रको संवेदनशीलता उदांगो पारेको बताइन् ।
उनले भनिन्, ‘अस्पतालको आईसियूमा अत्यन्त जटिल अवस्थामा रहेको बिरामीको उपचारको लागि छुट्याइएको विशेष कक्ष हो । यस्तो अवस्थामा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई समेत निश्चित समयका लागि मात्र भेटघाट गर्न दिइन्छ । तर दुईदिन अघि सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ । यसले केही प्रश्न समेत खडा पारेको छ । अस्पतालमा उपचाररत बिरामी अझ आईसियूमै लिनु वा लिन स्वीकृती दिनु कति इथिकल अभ्यास हो ? विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’
विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ? सांसद बास्कोटाको प्रश्न छ ।















