Logo
Logo

सेवा विस्तार गर्दै साल्ट ट्रेडिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राजा महेन्द्रको निर्देशनमा विसं २०२० सालमा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसन अहिले सर्वसाधरणको घरदैलोमा पुगेको छ । सुरुमा नुनको सेवा दिएको साल्ट ट्रेडिङले पछिल्लो समय आफ्नो सेवालाई विस्तार गर्दै मल, मैदा, खाद्यान्नदेखि इन्धनसम्मको सेवा दिइरहेको छ । साल्ट ट्रेडिङका सेवा र योजना बारे कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा यसो भन्छन्– ‘२०२० साल भदौ २७ गते साल्ट ट्रेडिङको स्थापना गरिएको हो । २०२० साल साल्ट ट्रेडिङको ९३ वटा शाखा स्थापना भइसकेको छ । नेपालकै पीपीपी (पव्लिक प्राइवेट पाटनरसिप) मोडलेको पहिलो संस्था हो । यो नेपाल सरकारको आंशिक स्वामित्वमा सञ्चालन भएको संस्था हो । यसले सुरुमा नुनबाट कारोवार सुरु गरेको थियो । स्थापना कालमा राजधानीलगायत देशका प्रमुख नाकाहरु (वीरगञ्ज, भैरहवा) बाट यसले आफ्नो सेवा सुरु गरेको थियो । २०७५ सालसम्म आइपुग्दा यो संस्थाले पछाडि फर्कनुपरेको छैन । ’
साल्ट ट्रेडिङले आयोडिनयुक्त नुनको विक्रीवितरण गरिरहेको छ । आयोडिनयुक्त नुनले नेपालमा प्रमुख स्वास्थ्य समस्या नियन्त्रण गरेको झा बताउँछन् । दक्ष जनशक्ति र दृढ नेतृत्व हुँदा ‘प्राइभेट पब्लिक पार्टनरसिप’ वास्तवमै फलदायी हुँदोरहेछ भन्ने कुराको सफल उदाहरणको रूपमा पनि साल्ट ट्रेडिङलाई लिन सकिन्छ । धेरै संस्थान घाटा खाएर बन्द भए पनि साल्ट ट्रेडिङ नाफामा चलेको छ ।
झा भन्छन्, दुर्गम पहाडी जिल्लामा गलगाँडको समस्या थियो । आयोडिन नभएको नुन खाँदा जुन समस्या थियो, त्यो समस्या साल्ट टे«डिङको स्थापनासँगै कम हुँदै गयो । साल्ट टे«डिङले जिल्लाको विभिन्न दुर्गम भेगका गाउँगाउँमा दुई बालबालिका भएको चित्रसहितको प्याकेट आयोडिनयुक्त नुन पु¥याइरहेको छ ।
गुणस्तरीय आयोडिन मिश्रित नूनको आपूर्तिमा आफूलाई पूर्णतः समर्पित गरेको साल्ट टे«डिङ अब आफ्नो परम्परागत शैली र ढाँचामा काँचुली फेर्ने अभियानमा जुटेको छ । मूलतः सेवामुखी उद्देश्य बोकेर स्थापना भएको यो संस्था प्रतिस्पर्धात्मक व्यापारमा उत्रने तरखर गर्दै रहँदा पनि ‘स्तरीयता, सर्वसुलभता र सुपथ मूल्य’ भन्ने नारालाई नै प्रमुख लक्ष्यका रूपमा अघि सार्दै आएको छ ।
सन १९६५ मा युनिसेफ, डब्लु एचओ र नेपाल सरकारले गरेको सर्वेक्षणमा ५५ प्रतिशत जनसंख्या आयोडिनको कमीले हुने कुनै न कुनै रोगबाट प्रभावित थिए । तर अहिले आयोडिनको कमीबाट हुने रोगी नेपालीको संख्या शून्यमा छ । यो त साल्ट ट्रेडिङले दुई बालबालिका भएको आयोडिनयुक्त नुन दिएका कारणले नै हो ।

नेपाल सरकारले आयोडिनयुक्त नुन प्रत्येक जनताको घरघरमा पु¥याउन आजको मितिमा खर्च गरेको छैन । नुनमा आयोडिन मिसिएको छ । त्यही नुन उपभोक्ताले किन्दा आयोडिनको पनि पैसा तिरेको छ, अनि कहाँबाट नेपाल सरकारको पैसा पर्नु ? झा बताउँछन् । दुई बालबालिका भएको आयोडिन नुनमा ५० पीपीएम (पार्ट पर मिलियन) मिसिएको हुन्छ । १० लाख ग्राम नुनमा ५० ग्राम आयोडिन मिसिएको झा बताउँछन् ।
नेपाली उपभोक्ताहरूलाई गुणस्तरयुक्त नूनको आपूर्ति गर्ने उद्देश्यका साथ अस्तित्वमा आएको साल्ट टे«डिङले उपलब्ध गराउने आयोडिनयुक्त नून अपत्यारिलो गरी सस्तो मूल्यमा पाइन्छ । भारतबाटै आयातित नून भारतीय बजार भन्दा सस्तो मूल्यमा उपलब्ध गराउने नीतिको निरन्तरता नै यो संस्थाको सेवामुखी उद्देश्यको सशक्त उदाहरण हो ।
नयाँ गति र उचाइमा साल्ट टे«डिङ
कुशल व्यवस्थापनका कारण साल्ट टे«डिङ पछिल्लो समय नयाँ गति र उचाइमा पुगेकोे छ । फलतः एक÷दुई वर्षको छोटो अवधिमै यो संस्थाले लामो फड्को मारेको छ । साल्ट टे«डिङको वर्तमान संरचना ‘पब्लिक प्राइभेट सेक्टर’ साझेदारीको नमूना पनि बनेको छ । गुणस्तरीय नून र सीमित खाद्यपदार्थको बिक्री वितरणको परम्परागत ढाँचामा परिवर्तन गरी विविधीकरणको व्यापार थालेको छ ।
अहिले कृषि विकास केन्द्रमार्फत अधिराज्यका झण्डै एक चौथाई किसानहरूलाई मल–खाद्य, वीउ–विजन, कृषि औजार पनि उपलब्ध गराउन थालेको छ । यसले आधुनिक कृषिको विकास र बाली विविधीकरणमा बल पुग्ने निश्चित छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा साल्ट टे«डिङले स्थानीय फलफूल र तरकारी निर्यात गर्ने योजना पनि बनाएको छ ।
साल्ट टे«डिङले गुणस्तरयुक्त र सुपथ मूल्यमा उपभोग्य सामग्री उपभोक्ता समक्ष निरन्तर आपूर्ति गरिरहेकाले पनि होला यसको माग जहिले पनि उच्च रहेको छ । आयोडिनयुक्त नून, चिनी, घ्यू, तेल, मैदा, पीठो, सुजी, चामल दालजस्ता खाद्य सामग्रीमा मात्र नभई लुब्रिकेण्ट, कोइला, सिमेण्ट, ट्रयाक्टर, मेटल डिटेक्टर जस्ता मेसिनरी सामग्री पनि आपूर्ति गर्दै आएको छ । नुनको कारोबारसँगै गैरअनुदानको मल, खाद्यान्न गेडागुडी, पीठो, मलखादको काम गरिरहेको छ भने खाना पकाउने ग्यास पनि बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्