Logo
Logo

सिटी सेन्टरमा प्रणय दिवस विशेष कार्यक्रमका साथ भारी छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९ (भ्यालेन्टाइन डे २०१९)लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा १५,००० पुरस्कार राशीको डान्स कम्पिटीशन गरिने सिटी सेन्टरले जनाएको छ ।
त्यसैगरी, सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत छनोट भएका एक जनालाई पोखराको प्रिमियम होटलमा दुई रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ । सिटी सेन्टरभित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्क गेमहरुको साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरेको व्यहोरा विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्