Logo
Logo

सांग्रिला डेभलपमेन्ट बैंक र मेडिसिटीबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकको भिसा डेविटकार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन् । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्यसम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्