Logo
Logo

साढे ३३ किलो सुन धनी दुबईबाट पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

विदेशमा बसेर सुन तस्करीमा लागानी गर्ने हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन् ।

२०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ ।

उनी विदेशमा लुकेर बसेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा इन्टरपोल शाखा काठमाडौंले फ्रान्सस्थित इन्टरपोलको मुख्य कार्यालयमा पत्राचार गरेको थियो । आजको अन्नपूर्णमा पोष्ट दैनिक समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्