Logo
Logo

राज्य विवेकहीन र निरङ्कुश बन्दै गयो : प्रचण्ड


0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरङ्कुश बन्दै गएको बताएका छन् । 

The current image has no alternative text. The file name is: prachanda.jpg

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरङ्कुश प्रवृत्ति राज्यमा हाबी भएको टिप्पणी गरेका हुन् । 

उनले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरिएको समेत दाबी गरे ।

वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गरे । उनले सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000