प्रतिगमनको बाटोमा ओली गुट


Published On : 5 January, 2021

हुँदोखाँदो दुईतिहाईको सरकार खरानी पारेर कमण्डलु बोकेर देशाटन गर्न निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली गुटको अहँकारी आभा विस्तारै पराजित देखिन थालेको छ । उनका व्यँग्य मिश्रित उखानको रमाइलोमा हाँस्नेहरुका पनि हाँसो हराउन थालेका छन् । पराजित मानसिकताकै उपज होला, उनले व्यँग्य गर्ने क्रममा सामान्य मानविय सँवेदना समेत बिर्सिएर तपाईंहरु शहीद भएको भए श्रद्धान्जली दिन हुन्थ्यो भनेर आफ्ना सहकर्मीको मात्र होइन, शहीदहरुलाई समेत अपमानित गर्न थालेका छन् । अर्थात् ओली स्वयंको लवज नियन्त्रणरेखा बाहिर पुगिसकेको छ ।

सडकमा लेखक, कवि, कलाकारहरु ओलीको सर्वसत्तावाद विरुद्धको लडाइँमा उत्रिइसकेकाछन् । पञ्चायती कालरात्रीको समयमा कालोपट्टी बाँधेर वकालत गर्न नडराउने पेशाकर्मीहरु, हरेक पटकका आन्दोलनमा सडकमा उत्रिएर लोकतन्त्रको पक्षमा उभिनेहरु कसैले पनि ओलीको काम ठीक हो भनिरहेका छैनन् । पार्टीभित्रका बँचेखुचेका इमान्दार र असल कार्यकर्ताहरुले प्रचण्ड–माधव नेपाललाई साथ दिइरहेको दृष्य उनको आँखै अगाडि छ । सत्ताको स्वाद दिइरहेकाहरु, उनको गूटमा लागेर अकुत कमाइरहेकाहरु र भ्रष्टाचारको कारण बदनाम मानिसको घेराबन्दीमा ओली बेहोसी बर्बराउन थालिरहेकाछन् । उनको यो बर्बराहटमा राजावादीहरुको खुलेआम समर्थन देख्न सकिन्छ ।

लक्ष्मण देवकोटा

संसद पुनस्र्थापना भए पनि, नभए पनि ओली गुटको पतन निश्चित छ । ओलीले नैतिक राजनीति हारिसकेकाछन् । उनले जे तर्क गरेका छन्, त्यसमा तानाशाही गन्ध ह्वास्स आइरहेको छ । जनताको आवाज र विश्वासको थलो, लोक अभिमतको जननी संसदको निर्मम हत्याका निम्ति उनी र उनको गुटले हजार तर्क गरे पनि ती आफ्नो दुष्ट्याइँ छोप्ने प्रपन्च मात्रै हुन् भन्ने देखिएको छ । आसेपासेहरु लगाएर ओलीले संघीयता पनि खारेज गर्नुपर्दछ भनेर आवाज सार्वजानिकीकरण गर्न थालिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विधानको शपथ खाएर पदमा बसेको मानिस त्यही संविधानको वध गर्न उद्यत रहनु आफैमा लज्जाको विषय हो । वधकर्ताहरुले जतिसुकै तर्क गरे पनि यसको पुष्टि हुँदैन ।

सँसारैभरी चलेको चलन के हो भने, लोकतान्त्रिक ढँगले चलेको समाजमा व्यक्ति होइन, विधि हावि हुन्छ । जुन समाज अलोकतान्त्रिक व्यक्तिहरुबाट शासित हुन अभिषप्त छ, त्यो समाजमा व्यक्ति हावि हुन्छ, विधि होइन । हामीकहाँ ओलीलाई राजनेताको जामा लगाइदिएर राज्यदोहन, राज्यको सम्पत्तिको दूरुपयोग गर्दै अराजनीतिक महत्वाकाँक्षा पूरा गर्ने अभियान चलेको छ । प्रचण्डका विरुद्ध धुपधुवाँर गर्नेहरु उनैको अगुवाइमा भएको सशस्त्र क्रान्तिको देन गणतन्त्रको रसस्वादन गरिरहेछन् र ती तमाम शहीदहरुको अपमान गरिरहेकाछन् । प्रतिगमन भनेको यही नै हो । माधव कुमार नेपालले पार्टीको बहसको आव्हान गर्दै दलभित्रको लोकतन्त्रको आवाज उठाइरहेका थिए, बालुवाटारको पल्लो ढोकामा जम्मा भएको भूमिगत कालका सहयात्रीहरुको अपमान गर्ने ओली अहिले ब्याँकेट र गल्ली गल्लीमा आफ्नो गलत कदमको पुष्ट्याइँ गर्ने कुँदिरहेकाछन् । जतिसुकै भाषण र किस्सा सुनाए पनि पाँच वर्षको अभिमतलाई सँसद प्रवेश नै नगरी गरिएको पुष ५ को ओली कू इतिहासको कालो दिनको रुपमा दर्ज भइनैसकेको छ ।

०१७ सालमा पनि त काँग्रेसको ठूलै ढिको राजा महेन्द्रको समर्थनमा उत्रिएको थियो । कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझीहरुले बत्ती बालेर राजाको कदमको स्वागत गरेका थिए । वर्षौसम्म प्रतिबन्ध लगाइँदा पनि दलहरु भित्रभित्रै जनताका प्यारा भए । आश्रय दिएर र मीठो नमीठो ख्वाएर दलहरुका आह्वानमा भएका सशस्त्र र निशस्त्र आन्दोलनमा साथ दिए । काँग्रेस, कम्युनिष्टहरुका सशस्त्र विद्रोह हुन् या जनआन्दोलन, जनताका नजरमा साक्षी छन् । दलहरु समाजमा स्थापित हुने कि विस्थापित हुने कुरा दलहरुले लिएको नीति र सिद्धान्तसँग सम्बन्धित हुन्छ । अगुवाहरुको चरित्र र कार्यशैलीमा पनि धेरै कुरा भर पर्दछ । समाज बदल्छु भन्नेहरुले अग्रगमनको बाटो लिएका छन् कि प्रतिगमनको बाटो लिएका छन्, अहिलेको नेकपा विभाजनबाटै स्पष्ट हुन्छ । केन्द्रको शासनलाई गाउँ गाउँमा पु¥याउने, समावेशी चरित्रको शासकीय व्यवस्थाको निर्माण गर्ने र अल्पसँख्यक मानिसहरुको पनि आवाज मुखरित हुने शासन व्यवस्थाको बाटो लिएको गणतन्त्र नेपाललाई फेरि पुरानै बाटोमा फर्काउन खोज्ने ओली गुटको कदम कसरी अग्रगमन हुन सक्दछ ? हो, उनी क्रान्तिका दौरान लामो समय जेलमा व्यतित गरेका नेता हुन् । तर मूल कुरो शक्ति र सत्ता हातमा भएका बेला उनी कता हिंडेका छन्, भन्ने नै हो ।

अमेरिकी र भारतीयहरुको इशारामा शक्तिको दुरुपयोग गर्दै प्रतिगमनतिर हिँडिरहेका ओलीको निम्ति उनको यो कदम आत्मघाती हुनेछ र अग्रगमनको पक्षमा लाग्ने शक्तिहरुको विजय हुनेछ ।

समृद्ध नेपालको सपना ओलीले मात्रै होइन यी कवि, लेखक, कलाकार, अधिकारकर्मी र नेपाली जनताहरु सबैले देखेका थिए । त्यही भएरै त नेकपाको बोलीमा विश्वास गरेर दुई तिहाई निकट जिताएका थिए । समृद्ध नेपालको सपना बाँडेर विधि र पद्धतिका बार भत्काउँदै भ्रष्टाचारीहरुलाई सँरक्षण दिंदै आफ्नै गूटका मानिसहरुको भलो हुने काम गर्न थालेपछि कसरी पुगिन्छ समृद्धिको शिखरमा ? मै राज्य, मै सर्वश्व भन्ने अहँकारी ओलीको अन्तिम ब्रम्हास्त्र फर्केर ओलीकै गलपासो बन्ने घटनाक्रमहरुले देखाएको छ ।

भरोसा गरौं, न्यायालयले र निर्वाचन आयोगले ब्रम्हले देखेकै न्याय दिनेछन् तर न्याय हराएको देशमा यसै हुन्छ केही भन्न सकिन्न । संसद पुनस्र्थापना भए पनि, नभए पनि ओली गुटको पतन निश्चित छ । ओलीले नैतिक राजनीति हारिसकेकाछन् । उनले जे तर्क गरेका छन्, त्यसमा तानाशाही गन्ध ह्वास्स आइरहेको छ । जनताको आवाज र विश्वासको थलो, लोक अभिमतको जननी संसदको निर्मम हत्याका निम्ति उनी र उनको गुटले हजार तर्क गरे पनि ती आफ्नो दुष्ट्याइँ छोप्ने प्रपन्च मात्रै हुन् भन्ने देखिएको छ । आसेपासेहरु लगाएर ओलीले संघीयता पनि खारेज गर्नुपर्दछ भनेर आवाज सार्वजानिकीकरण गर्न थालिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विधानको शपथ खाएर पदमा बसेको मानिस त्यही सँविधानको वध गर्न उद्यत रहनु आफैमा लज्जाको विषय हो । वधकर्ताहरुले जतिसुकै तर्क गरे पनि यसको पुष्टि हुँदैन ।

विस्तारै एमसीसीको कार्यान्वयन र विदेशी औद्योगिक ग्रामहरुको अवधारणा मन्त्रीहरुले भन्न थालेका छन् । कामचलाउ बनिसकेको सरकारले धमाधम राजनीतिक नियुक्ति र मन्त्रीहरुको थप गर्ने जस्तो अर्को गैर कानूनी काम गरेर जगत हसाउने काम भएको छ । यस बीचमा सम्पूर्ण रुपमा राज्य कोषको दुरुपयोग गरेर आफ्नो गूटको निम्ति खर्च गर्ने भ्रष्ट काममा ओली स्वयम् उद्यत भैसकेकाछन् । सेना, पुलिस र सम्पूर्ण राज्ययन्त्रसँग लड्न माधव–प्रचण्ड लगायत ओलीको यो कदमका विरोधी सबैलाई अप्ठेरो पर्ने नै छ ।

कठिन भन्दा कठिन घडीमा सँघर्ष गर्दै आइरहेका कम्युनिष्टहरुको फेरि अर्को परीक्षाको घडी शुरु भएको छ । हिजोका गल्तीहरुप्रति जनताहरुसँग गएर माफी माग्ने र पुनः सँगठन निर्माणमा लागेर ओलीको निरंकुशतालाई पराजित गर्नु नै अहिलेको मुख्य कार्यभार हो । अमेरिकी र भारतीयहरुको इशारामा शक्तिको दुरुपयोग गर्दै प्रतिगमनतिर हिँडिरहेका ओलीको निम्ति उनको यो कदम आत्मघाती हुनेछ र अग्रगमनको पक्षमा लाग्ने शक्तिहरुको विजय हुनेछ ।

पाल्पा, हालः स्वीजरल्याण्ड

प्रतिक्रिया दिनुहोस्